२०८२ चैत्र १७ गते मंगलवार

उपकार सेवा नेपालद्वारा वीरगन्ज–१६ इनर्वामा शैक्षिक सामग्री वितरण

 

अभिलाष गुप्ता
वीरगन्ज, २२ जेठ

वीरगन्ज । सामाजिक क्षेत्रमै सक्रिय संस्था उपकार सेवा नेपालले वीरगन्ज महानगरपालिका–१६ इनर्वा योलमा रहेका बालबालिकाहरूलाई शैक्षिक सामग्री सहयोग प्रदान गरेको छ। श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा अध्ययनरत ५० जना विद्यार्थीहरूलाई कपी, पेन्सिल, कटर र स्कुल ब्याग प्रदान गरिएको हो।

स्थानीय धर्मशालामा आयोजित एक समारोहका बीच उक्त सामग्रीहरू हस्तान्तरण गरिएको हो। सामाजिक अभियन्ता प्रकाश थारुले जानकारी दिएअनुसार आर्थिक अभावका कारण विद्यालय जान छोड्नसक्ने जोखिममा रहेका बालबालिकाहरूलाई निरन्तर पठनपाठनमा प्रेरित गर्न सहयोग प्रदान गरिएको हो।

कार्यक्रममा उपकार सेवा नेपालकी अध्यक्ष विद्या कुमारी सरावगी, संस्थाकी अभिभावक पद्मा देवी सरावगी, सदस्य सुमन बगेडिया, सामाजिक अभियन्ता ओमप्रकाश सर्राफ, सञ्जयकुमार सिंह तथा स्थानीय अगुवाहरू सिनोद साह, नरेश राम लगायत भद्रभलादमीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

समाजमा शिक्षाको पहुँच अभिवृद्धि गर्न उपकार सेवा नेपालले यस प्रकारका सहयोग कार्यक्रमहरूलाई निरन्तरता दिँदै आएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM