२०८२ चैत्र १७ गते मंगलवार

१० किलो ४०० ग्राम गाँजासहित दुई महिला पक्राउ

 

अभिलाष गुप्ता
हेटौंडा, २६

मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित दुई महिलालाई पक्राउ गरेको छ। प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले नियमित जाँचका क्रममा हेटौंडाबाट वीरगंजतर्फ जाँदै गरेको यात्रुवाहक बसबाट १० किलो ४०० ग्राम गाँजा बरामद गरेको हो।

प्रहरीका अनुसार, बा ३ ख ८३९४ नम्बरको यात्रुवाहक बस रातोमाटे चोकपोष्ट स्थित सडकखण्डमा चेकजाँचका क्रममा रोकिएको थियो। सो बसमा सवार मकवानपुर, कैलाश गाउँपालिका–२ की ४० वर्षीया फुलमाया स्याङ्वो र सोही जिल्लाकी ३० वर्षीया निर्मला मोक्तानलाई शंका लागी बसबाट ओरालेर खानतलासी गरिएको थियो।

तलासीका क्रममा उनीहरूले बोकेको झोलाभित्र लुकाई छिपाई ल्याइएको अवस्थामा १० किलो ४०० ग्राम लागूऔषध गाँजा फेला परेको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै महिलालाई मकवानपुर जिल्ला अदालत हेटौंडाबाट ५ दिनको म्याद अनुमति लिई हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ।

प्रहरीले लागूऔषध कारोबार नियन्त्रणका लागि नियमित निगरानी तथा चेकजाँचलाई अझ कडा बनाउने बताएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM