२०८२ चैत्र १७ गते मंगलवार

यू–१४ राष्ट्रिय विद्यालय रग्वी प्रतियोगितामा मधेश प्रदेशको ऐतिहासिक जित, साउथजोनका प्रशान्तको चम्किलो योगदान

 

अभिलाष गुप्ता
बिरगंज २६ जेष्ठ

 

हालै सम्पन्न यू–१४ राष्ट्रिय विद्यालय खेलकुद प्रतियोगिता अन्तर्गत काठमाडौंमा आयोजना गरिएको रग्वी खेलमा मधेश प्रदेशले गौरवमय जित हात पारेको छ। यस ऐतिहासिक विजयले सम्पूर्ण मधेश प्रदेशवासीलाई गौरवान्वित बनाएको छ।

मधेश प्रदेशको टोलीले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै सबै प्रतिद्वन्द्वीलाई पराजित गर्दै उपाधि उचालेको हो। यस जितमा साउथजोन माध्यमिक विद्यालय, कक्षा ९ मा अध्ययनरत विद्यार्थी प्रशान्त प्रसाद चौधरीको योगदान विशेष उल्लेखनीय रह्यो। उनीको ऊर्जाशील, समर्पित र रणनीतिक खेल प्रदर्शनले टोलीलाई जिततर्फ डोर्याउन महत्वपूर्ण भूमिका खेलेको थियो।

विद्यालय परिवार प्रशान्तको यो सफलता देखेर अत्यन्तै गर्वित र उत्साहित भएको छ। विद्यालयका निर्देशक तथा ब्याबसन पर्साका अध्यक्ष सरोज चौधरीले प्रशान्तलाई विद्यालयको तर्फबाट हार्दिक बधाई तथा आगामी दिनमा खेलकुद क्षेत्रमै प्रगति गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा देशको नाम उजागर गरून् भन्ने शुभकामना व्यक्त गरेका छन्।

विद्यालयका प्रशासन प्रमुख अशोक सनग्रौलाका अनुसार प्रशान्त प्रसाद चौधरी जस्तो होनहार खेलाडीहरूलाई प्रोत्साहन गर्न विद्यालयले आवश्यक सहयोग र अवसर प्रदान गरिरहनेछ। विद्यालयले उनलाई आगामी दिनमा थप खेलकुद तालिम, सरसामग्री र सहभागिताका अवसरहरू सुनिश्चित गर्ने योजना पनि अघि सारेको छ।

मधेश प्रदेशको समग्र खेलकुद विकासमा यस्तो सफलता एक प्रेरणादायक पाटो बन्ने विश्वास राखिएको छ। रग्वीजस्तो चुनौतीपूर्ण खेलमा यू–१४ स्तरमै यस्तो सफलता प्राप्त गर्नु प्रदेशको उज्ज्वल खेलकुद भविष्यको संकेत हो।

मधेश प्रदेशको यो जित र प्रशान्त प्रसाद चौधरीको योगदानले सम्पूर्ण प्रदेश र शिक्षा क्षेत्रलाई पनि गौरवान्वित बनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM