२०८२ चैत्र १७ गते मंगलवार

नेत्र दान – महा दान बीरगंजमा मानवताको उदाहरणीय सेवा

 

अभिलाष गुप्ता
बीरगंज २७ जेष्ठ

 

मानवताको अतुलनीय सेवा स्वरूप ९९ वर्षीया मांगी देवी बैधले आफ्नो जीवनको अन्तिम समयमा सदिच्छा पूर्वक परमार्थकालागि नेत्रदान गरेकी छन्। उनका हुन्‍हार पुत्र तथा समाजसेवी बिनोद बैध, लायन्स क्लब बीरगंज सेन्ट्रलकी अध्यक्ष रेखा बैध र सम्पूर्ण परिवारको सहमतिमा केडिया आँखा अस्पतालको प्राविधिक टोली तथा तेरापंथ युवा परिषदको सहकार्यमा नेत्र संकलनको पुनीत कार्य सम्पन्न भयो।

मांगी देवीको जीवन यात्रा समाप्त भएपनि उनको दान गरिएको आँखाबाट संसारलाई दृष्टि प्राप्त हुने छ, जसले मानवसेवा र सामाजिक उत्तरदायित्वको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ।

यसै क्रममा, समाजसेवी मुकेश खेतानका ८० वर्षे पिता कैलाश चंद्र खेतानले पनि स्वेच्छाले नेत्रदान गर्दै मानवीय सेवा दिएको उदाहरणीय योगदान दिएका छन्।

भर्खर नै तेरापंथ युवा परिषद र बीरगंज महानगरपालिकाको संयुक्त प्रयासमा नेत्रदान अभियान शुभारम्भ गरिएको छ, जसलाई मानवताप्रेमीहरूले सफल पार्दै आइरहेका छन्।

अहिलेको तथ्यांकअनुसार, छिमेकी देश भारतमा वार्षिक लगभग २.५ लाख आँखा प्रत्यारोपण आवश्यक भएपनि जनचेतना कम, आँखा बैंकको अपर्याप्तता, गुणस्तरीय कोर्नियाको अभाव र न्यून सहमतिका कारण करिब एक लाख मात्र आँखा प्रत्यारोपण सम्पन्न हुनसकिरहेको छ। यसले नेत्रदान र आँखा प्रत्यारोपणमा जनचेतना अभिवृद्धि र स्रोतहरूको विस्तार आवश्यक रहेको देखाउँछ।

यो अभियानले स्थानीय समाजमा पनि नेत्रदानको महत्व र मानवताको संदेश प्रवाह गर्ने विश्वास गरिन्छ, जसले धेरै जीवनमा उज्यालो ल्याउनेछ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM