२०८२ चैत्र २ गते सोमबार

ट्राफिक प्रहरी पर्सा द्वारा छैटौं दिन वीरगञ्ज महानगर क्षेत्रमा विभिन्न जनचेतनामूलक कार्यक्रम सम्पन्न

 

अभिलाष गुप्ता
जेष्ठ २७ बिरगंज

जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको संयुक्त आयोजनामा सञ्चालित ट्राफिक सप्ताह–२०८२ अन्तर्गत छैटौं दिन वीरगञ्ज महानगर क्षेत्रमा विभिन्न जनचेतनामूलक कार्यक्रम सम्पन्न भएका छन्।

कार्यक्रमको नेतृत्व जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक लोकराज भट्टले गरेका थिए। उनले ट्राफिक सप्ताहको उद्देश्य सडक सुरक्षा सम्बन्धी जनचेतना फैलाउनु रहेको जानकारी दिए।

उनका अनुसार आगामी दिनहरूमा पनि वीरगञ्जका विभिन्न क्षेत्रमा अझ प्रभावकारी ढंगले ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरिनेछ।

कार्यक्रममा वीरगञ्जस्थित विभिन्न विद्यालयका विद्यार्थीहरूले सक्रिय सहभागिता जनाउँदै व्यस्त चोकहरूमा खटिएर पैदल यात्रुहरूलाई जेब्रा क्रसिङ प्रयोग गर्न, सही दिशा र सडक पेटीबाट हिँड्न प्रेरित गरे। साथै, उनीहरूले ट्राफिक शिष्टाचारसम्बन्धी पर्चा तथा पम्पलेट वितरण गर्दै सर्वसाधारणमा ट्राफिक नियमबारे जानकारी दिएका थिए।

आयोजकका अनुसार, यस्ता जनमुखी तथा व्यवहारमैत्री कार्यक्रमहरूले नागरिकमा ट्राफिक नियमप्रतिको चेतना अभिवृद्धि गर्ने र सडक दुर्घटना न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। ट्राफिक सप्ताहका बाँकी दिनहरूमा पनि थप जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिने जनाइएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM