२०८२ चैत्र ४ गते बुधबार

नेशनल मेडिकल कलेज वीरगंजले नेपाल प्रहरी र उनका परिवारलाई विशेष स्वास्थ्य सेवा छुट प्रदान गर्ने सम्झौता

 

अभिलाष गुप्ता
वीरगंज, २७ जेठ

नेशनल मेडिकल कलेज वीरगंजले नेपाल प्रहरी, पूर्व प्रहरी कर्मचारी र उनीहरूको परिवारलाई विशेष स्वास्थ्य सेवा छुट उपलब्ध गराउने सम्झौता गरेको छ। कलेज र जिल्ला प्रहरी कार्यालय, पर्सा बीच आज एक दुई पक्षीय सम्झौता सम्पन्न भएको हो।

सम्झौता अनुसार, नेपाल प्रहरीका बहालवाला कर्मचारी, पूर्व प्रहरी कर्मचारी तथा उनीहरूको आश्रित परिवारजनलाई विभिन्न स्वास्थ्य सेवामा शुल्क छुट प्राप्त हुनेछ। सम्झौतामा कलेजका प्रबन्धक शहानवाज अन्सारी र जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख, प्रहरी उपरिक्षक गौतम मिश्रले हस्ताक्षर गरेका छन्।

नेशनल मेडिकल कलेजका प्रबन्धक शाहनवाज अन्सारीका अनुसार, नेपाल प्रहरीका कर्मचारीलाई ओपीडी टिकटकमा ५० प्रतिशत छुट, बेड, केविन, आईसीयू, एनआईसीयू, पीआईसीयू बेड चार्जमा २५ प्रतिशत छुट र भिडियो एक्सरे, एक्सरे, ईसीजी जस्ता सेवामा २५ प्रतिशत छुट दिइने छ।

त्यस्तै, भूतपूर्व नेपाल प्रहरी कर्मचारी र उनीहरूको आश्रित परिवारजनलाई पनि ओपीडी टिकटकमा ५० प्रतिशत, बेड र अन्य सेवामा २० प्रतिशत छुट प्रदान गरिने कलेजले जानकारी दिएको छ।

सो अवसरमा कलेजका संचालक प्रो. डा. जैनुदिन अन्सारी, मार्केटिङ तथा एडमिसन निर्देशक आविद हुसैन अन्सारी, प्रहरी नायब उपरिक्षक सुबास भट्ट लगायतको उपस्थिती रहेको थियो।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM