अभिलाष गुप्ता
बीरगंज,२८ जेष्ठ
सि.एम.सी. पर्साको आयोजनामा बीरगंजस्थित गृहलक्ष्मी साकोसको सभा कक्षमा एक दिने महिला सशक्तिकरण तथा लैंगिक समानता अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

साकोसकी इन्दु श्रेष्ठको अगुवाइमा कोअपरेटिभ म्यानेजर्स क्लब द्वारा सञ्चालित कार्यक्रममा महिला तथा पुरुष प्रतिनिधिहरू, समाजसेवी, पत्रकार, महिला विकास अभियन्ता तथा साकोसका पदाधिकारीहरूको सक्रिय उपस्थिति रहेको थियो। कार्यक्रममा पिया सिंह, आसमा सिंह यादव, गुड्डी जोशी, बिना लगायतका सहभागीहरूले महिला सशक्तिकरण र लैंगिक समानताको महत्वबारे आफ्ना धारणा राखेका थिए।

कार्यक्रममा समाजमा महिला सहभागिता अभिवृद्धि, नेतृत्व विकास तथा लैंगिक विभेद न्यूनीकरणका उपायहरूबारे छलफल गरिएको थियो। महिलालाई सामाजिक, आर्थिक तथा राजनीतिक रूपले सबल बनाउने उपायमा विशेष जोड दिइएको कार्यक्रमका संयोजकहरूले जनाएका छन्।
समारोहको अन्त्यमा कार्यक्रमका वक्ताहरू र सहयोगकर्ताहरूलाई सम्मानपत्र प्रदान गरी सम्मान गरिएको थियो।

कार्यक्रमले सहभागीहरूलाई महिला अधिकार र समानताको विषयमा थप जानकारी प्रदान गर्दै सामाजिक रूपान्तरणतर्फ प्रेरित गर्ने अपेक्षा गरिएको छ।









