सशस्त्र प्रहरी बल, नेपाल प्र.सी.सु.गुल्म बीरगञ्जले भारतबाट भन्सार छली गरी ल्याउँदै गरिएका सामानहरू नियन्त्रणमा लिई रु. १३,४४,०२० बराबरको मालसामान भन्सार कार्यालयमा बुझाएको छ।
मिति २०८२ जेठ २९ गते, सशस्त्र प्रहरीको गस्ती टोलीले बीरगञ्ज महानगरपालिका–१६, नगुवा गाउँस्थित डम्पिङ साइट नजिकैबाट पाँचवटा साइकलबाहकहरूले ल्याउँदै गरेको अवस्थामा रु. ७,६७,९०० बराबरको कपडा र साइकलबाहेक ना १६ प ६२७५ नम्बरको मोटरसाइकलसमेत नियन्त्रणमा लिएको थियो। उक्त मोटरसाइकलको भन्सार मूल्याङ्कन रु. १,५०,००० गरिएको छ। नियन्त्रणमा लिइएका सबै सामानहरू आवश्यक कारबाहीको लागि बीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी देबेन्द्र बहादुर सिंहले जानकारी दिएका छन्।
त्यसै दिन, गुल्मबाट खटिएको अर्को टोलीले बीरगञ्ज म.न.पा.–१६ स्थित विभिन्न सीमा नाकाहरूबाट भन्सार छली गरी लुकाइछिपाई ल्याइएका इलेक्ट्रोनिक उपकरणसहित अन्य सामानहरू पनि नियन्त्रणमा लिएको छ। उक्त सामानहरूको मूल्याङ्कन रु. ४,२६,१२० गरिएको छ।
सशस्त्र प्रहरीले सीमावर्ती क्षेत्रमा अवैध कारोबार नियन्त्रणका लागि निगरानी र कारबाहीलाई अझ कडाइका साथ अगाडि बढाइरहेको जनाएको छ।









