२०८२ चैत्र १७ गते मंगलवार

विश्व रक्तदाता दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

 

अभिलाष गुप्ता
बिरगंज ३० जेष्ठ

विश्व रक्तदाता दिवसको अवसरमा वीरगञ्जमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ ।
“रक्तदान गरौँ, जीवन बचाउौँ” भन्ने मूल नारा साथ कार्यक्रम आयोजना गरिएको थियो ।

नेपाल मेडिसिटी वयोधा अस्पताल वीरगञ्जमा सम्पन्न कार्यक्रम वडा नम्बर २३ का अध्यक्ष अवध किशोर प्रसाद कुशवाहको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रमको अध्यक्षता नेपाल मेडिसिटी वयोधा अस्पताल वीरगञ्जका संचालक विजय रिमालले गर्नुभयो ।

विशिष्ट अतिथिको रुपमा नेपाल रेडक्रस सोसाइटी वीरगञ्ज शाखाका सभापति बृज किशोर पटेल, नेपाल रेडक्रस सोसाइटी रेश्मकोठी उपशाखाका युवा संयोजक अभिलाष कुमार गुप्ता सहित अस्पतालका कर्मचारीहरूको उल्लेखनीय उपस्थिति थियो ।

रक्तदान कार्यक्रम अन्तरगत ३ महिला सहित जम्मा २९ जनाले रक्तदान गरेका थिए । रक्तदान गर्नेमा लक्ष्मीदेवी, नौसाद आलम, सुरेन्द्र साह, बिनोद आले मगर, अनिल साह, विजय कुमार, नन्द किशोर साह, प्रकाश यादव, श्याम चौधरी लगाएतकाहरुले रक्तदान गरेका थिए।

रक्तदान कार्यक्रमको क्रममा रक्तसञ्चार केन्द्र वीरगञ्जका प्राविधिकहरु मनिष कुमार गुप्ता, समीर आलम, सन्तोष साहले महत्वपूर्ण सहयोग गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM