२०८२ चैत्र १७ गते मंगलवार

सिमरामा श्रोत नखुलेको १३ लाख बढी रकमसहित वीरगन्जका एक युवक पक्राउ

 

बाराको सिमरामा श्रोत नखुलेको १३ लाख बढी रकमसहित एक युवक पक्राउ परेका छन् ।

प्रहरी नायब उपरीक्षक वेद प्रकाश जोशीका अनुसार पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका वडा नम्बर १६ का २० वर्षीय सुरज कुशवाहा रहेका छन् ।

सिमरा चोकदेखि सिमरा विमानस्थलतर्फ जाँदै गरेका कुशवाहालाई प्रहरीले रोकी चेकजाँच गर्दा उनके साथमा बोकेको झोलाबाट नगद १३ लाख ७ हजार ५ सय रुपैयाँ बरामद गरिएको थियो । झोलामा नेपाली एक हजार दरको १ हजार ६७ थान, पाँच सय दरको ४ सय ८० थान अनि एक सय दरको ५ थान नोट हरु थिए ।

कुशवाहाले उक्त रकमको श्रोत खुलाउन नसके पछि उनलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक जोशीले जानकारी दिएका छन् । साथै कुशवाहासित विभिन्न व्यावसायिक बिल, भौचर सहित सागर मनि ट्रान्सफर वीरगन्जको स्टाम्पसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
बरामद रकम हुण्डी कारोबारको हुन सकने अनुमान गरिएको छ । घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM