२०८२ चैत्र १७ गते मंगलवार

वीरगन्जमा आगलागी नियन्त्रण क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

 

जिल्ला पर्सा अन्तर्गत वीरगन्ज महानगरपालिका वडा नं. ४ विर्ता चोकस्थित वडा प्रहरी कार्यालय बिर्ताको आयोजनामा आगलागी नियन्त्रण क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न गरिएको छ ।

कार्यालय प्रमुख प्रहरी निरीक्षक निरोज चौलागाईको उपस्थितिमा गरिएको कार्यक्रमको प्रशिक्षण मधेश प्रदेश विपद् व्यवस्था गुल्म वीरगन्ज, पर्साका प्रहरी सहायक निरीक्षक भोजराज साह, प्रहरी हवल्दार त्रेता चौधरी, प्रहरी जवान जय प्रकाश कुश्वाहा अनि प्रहरी जवान प्रदिप ठाकुरको नेतृत्वमा प्रदान गरिएको थियो ।

कार्यक्रममा स्थानिय भद्र-भलादमी, समाजसेवी, बुद्धिजिवी सहित वडा प्रहरी कार्यालय अनि मातहत एकाइमा कार्यरत प्रहरी अधिकृत हरुको समेत गरि जम्मा ७५ जनाको सहभागिता थियो ।

तालिममा आगलागी हुन सक्दा अपनाउनुपर्ने सुरक्षा विधि, आगो निभाउने तर विपद् हुन नदिने पूर्व सतर्कता, साथसाथै आगलागीको समयमा जनतालाई सुरक्षा प्रदान गर्न अपनाउनुपर्ने उपायहरूको बारेमा जानकारी गराइएको थियो । कार्यक्रमको मुख्य उद्देश्य सुरक्षा जनचेतना अभिवृद्धि गराउनुको साथमा विपद्को समयमा सुरक्षा व्यवस्था सुदृढ तुल्याउनु रहेको कुरा कार्यक्रम आयोजक प्रहरीले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM