२०८२ चैत्र १७ गते मंगलवार

नारायणी स्पोर्ट्स क्लब कब्जामुक्त, वडावासीकै मातहतमा संचालन हुने

 

लामो समयदेखि केही स्वार्थपरस्त व्यक्ति हरू द्वारा एकाधिकार जमाई कब्जामा राख्दै आइरहेको वीरगन्ज महानगरपालिका वडा नं. ५ स्थित नारायणी स्पोर्ट्स क्लब कब्जामुक्त गरिएको छ ।

महानगरपालिकाको सार्वजनिक सम्पत्ति अतिक्रमण नियन्त्रण समितिका संयोजकसमेत रहेका वडा नं. ५ का वडा अध्यक्ष प्रदिप चौरसियासमेत स्वतः उपस्थित रही कब्जामुक्त गराइएका थिए।

उक्त क्लब वडाका भद्रभलाद्मी, जनप्रतिनिधि अनि नगर प्रहरीको रोहबरमा क्लब कब्जामुक्त गरि वडावासीकै जिम्मामा लगाइएको हो । यो अघि पटक–पटक सूचना टाँस्दा पनि क्लबमा लगाईएको ताल्चाको साचो हामी संग नरहेको सम्बन्धित पक्षहरू बेवास्ता गर्दै आएका थिए । सूचनाहरूको वेवास्तापश्चात वडासमितिले एक भेला आयोजना गरि क्लबमा लगाइएको ताल्चा खोल्दै वडाले औपचारिकरूपमा क्लबको जिम्मेवारी आफ्नो मातहतमा लिएको स्थानीयले जानकारी थिएको छ ।

यस निर्णयसँगै अब क्लबको सञ्चालन वडावासी अनि वडा समितिको प्रत्यक्ष निगरानीमा अधिक पारदर्शी ढङ्गमा गरिने वडा नं. ५ का वडा अध्यक्ष प्रदिप चौरसियाले जानकारी दिएका छन् । वडाबासिन्दाहरूको भावना, खेलकुदको सुरक्षा अनि खेलाडीहरूको भविष्यलाई मध्यनजर गरि गरिएको यो निर्णय महत्वपूर्ण मानिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM