२०८२ फाल्गुन २१ गते बिहीबार

सशस्त्र प्रहरीद्वारा २,४०० वटा प्रतिबन्धित ब्रोइलर चल्लाहरू नष्ट, एक व्यक्ति सहित मोटरसाइकल भन्सारमा बुझाइयो

 

सशस्त्र प्रहरी बल पर्साले प्रतिबन्धित ब्रोइलर चल्लाहरू नष्ट गरेको छ ।सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण मुख्यालय पर्साबाट खटिएको टोलीले मिति २०८२ असार १ गते धोबिनी गाउँपालिका–१ घोडदौडमा भारतबाट अवैध रूपमा ल्याइएको एक भारतीय नम्बर प्लेटको मोटरसाइकलमा लोड गरिरहेका २४ कार्टुन (कुल २,४०० चल्लाहरू) नियन्त्रणमा लिएको थियो ।

नियन्त्रणमा परेका चल्लाहरू सम्बन्धित जनप्रतिनिधि, सञ्चारकर्मी अनि क्वारेन्टाइन कार्यालयको प्रतिनिधिको उपस्थितिमा नष्ट गरिएको जनाइएको छ । त्यस्तै चल्लाहरूको अवैध पैठारीमा संलग्न व्यक्ति जिल्ला पर्सा जगन्नाथपुर गाउँपालिका–२ जानकीटोल बस्ने अन्दाजी ४५ वर्षीय नवि देवान सहित मोटरसाइकल थप कारवाहीको लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायव उपरीक्षक देबेन्द्र बहादुर सिंहले जानकारी दिएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM