काठमाण्डौ । अन्तर्राष्ट्रिय सामाजिक संस्था लायन्स क्लबको स्थापना भएको १३ वर्ष पूरा भएको सुखद अवसरमा डिस्ट्रिक्ट ३२५ एफ अन्तर्गत रहेको लायन्स क्लब काठमाडौं कैलासले बूढानीलकण्ठ नगरपालिका–१० स्थित श्री नेपाल चार्टर आधारभूत विद्यालयलाई शैक्षिक सामग्री प्रदान गरेको छ ।

क्लबद्वारा विद्यालयको प्राङ्गणमा एक कार्यक्रमको आयोजना गरि २७ सेट डेस्क–बेन्च सहित ३ थान चकबोार्ड हस्तान्तरण गरिएको थियो । कार्यक्रमको दौरान लायन्स परिवारको तर्फबाट विद्यार्थीहरूको शैक्षिक अनुभूतिलाई अझ सुविधासंपन्न बनाउन, आत्मबल अभिवृद्धि गराउन अनि सुसंस्कार सहितको शिक्षा प्रदान हुन मद्दत पुग्ने विश्वास व्यक्त गरियो ।

डिस्ट्रिक्ट गर्भनरको प्रेरणामा सबै लायन्स सदस्यहरू मानवसेवामा समर्पित हुनुपर्ने कुरा कार्यक्रमको दौरान औंल्याइएको थियो । साथै भविष्यमा पनि असाहाय, विपन्न वर्ग अनि शैक्षिक क्षेत्रमा गरिने सहयोग अझै निरन्तर रहने जनाइएको थियो ।

कार्यक्रममा लायन्स क्लब काठमाडौं कैलास्का पदाधिकारी, विद्यालय व्यवस्था समितika सदस्य, शिक्षक, विद्यार्थी सहितको उल्लेखनीय सहभागिता थियो । 11 लियो क्लब एक्सीलेंस अवार्ड अंतराष्ट्रीय बाट सम्मानित लायन राधेश्याम खेतानले जानकारी गराउनु भएको हो।
.









