२०८२ फाल्गुन २८ गते बिहीबार

गहवामाई रथ यात्राको तयारी सुरु, असार १३ गते निकालिने

 

वीरगञ्जको प्रसिद्ध शक्तिपीठ गहवामाई मन्दिरमा यस वर्षको रथ यात्राको तयारी उल्लासपूर्वक सुरु गरिएको छ ।तेस्रो संस्करणको गहवामाई रथ यात्रालाई भव्य अनि ऐतिहासिक बनाउन आयोजक समितिले विभिन्न धार्मिक कार्यक्रम सहित चन्दा सङ्कलन अभियानसमेत अघि सारेको छ ।

रथ यात्रा समितिका सचिव पप्पु गुप्ताका अनुसार मन्दिर परिसरमा बिहान अनि बेलुका श्रद्धालुहरूको सहभागिता सुनिश्चित गर्न झन्डा, ५६ भोगको रसिद सहित चन्दा सङ्कलन स्टलहरूको व्यवस्था गरिएको छ । देश–विदेशमा रहेका भक्तजनहरूले पनि आ–आफ्नो तर्फबाट श्रद्धापूर्वक सहयोग गरिरहेका छन् ।

आयोजक समितिका अनुसार असार १३ गते भव्य कार्यक्रम सहित रथ यात्रा निकालिनेछ भने असार १४ गते मन्दिर परिसरमा सामूहिक प्रसाद वितरण कार्यक्रम आयोजना गरिनेछ ।

रथ यात्रामा वीरगञ्ज नगरवासी सहित मधेश अनि देशभरिबाट उल्लेखनीय भक्तजनहरूको सहभागिता रहने विश्वास गरिएको छ ।

श्रद्धा, भक्ति अनि सांस्कृतिक एकतालाई प्रतीकको रुपमा लिइने गहवामाई रथ यात्राले वीरगञ्जको पहिचान अझ सुदृढ गराउनुको साथै सामाजिक एकतालाई समेत बलियो तुल्याउने आयोजकहरूको विश्वास छ ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM