प्याब्सन (प्राइभेट एन्ड बोर्डिङ स्कुल्स अर्गनाइजेशन नेपाल) पर्साका वरिष्ठ सल्लाहकार डा. हरिशंकर प्रसाद साह प्याब्सनको प्राज्ञिक परिषद् सदस्यमा मनोनीत हुनुभएको छ ।
शनिवार प्याब्सन शिक्षा मन्दिरमा एक कार्यक्रमको आयोजना गरि प्याब्सन राष्ट्रीय अध्यक्षद्वारा साहलाई औपचारिकरुपमा मनोनयन पत्र हस्तान्तरण गरिएको थियो ।
उक्त कार्यक्रममा प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरी, प्याब्सन केन्द्रिय सदस्य छेडुप लामा सहित अन्य पदाधिकारीहरुले साहको नियुक्तिप्रति शुभकामना व्यक्त गर्दै सफल कार्यकालको कामना गरेका थिए ।
नियुक्तिपछि साहले शिक्षाक्षेत्रको स्तरीकरण, शैक्षिक अनुभूतिलाई अन्तर्राष्ट्रिय मापदण्डमा पुर्याउन प्रयास गर्ने प्रतिबद्धता जनाउनुभयो । साहको अनुभव सहितको नेतृत्वमा प्याब्सनको शैक्षिक कार्यक्रम अझ प्रभावकारी हुन सक्ने विश्वास गरिएको छ ।
Post Views: 268









