चितवन, नेपालको इन्डो-नेपाल बैठकमा सहभागी भएर फर्कने क्रममा लायन अन्तर्राष्ट्रिय जिल्ला ३२२ई का प्रतिनिधिमण्डलको यहाँ स्वागत गरिएको छ ।

स्थानीय पंकज सिनेमामा रहेको बैंक्वेट हलमा लायन क्लब अफ् रक्सौलको आयोजनामा कार्यक्रम गरिएको थियो । क्लब अध्यक्ष लायन साइमन रेक्सको नेतृत्वमा सचिव लायन बिमल सर्राफ, कोषाध्यक्ष लायन मोहम्मद निजामुद्दिन सहित लायन नारायण रूङ्गटा, लायन शंभु प्रसाद चौरासिय, लायन पंकज बरनवाल, लायन हरिश खत्री, लायन अमित कुमार, लायन सीमा बरनवाल, लायन प्रियंका सोनी, लायन सुशीला धनोठिया, लायन पूनम सर्राफ, लायन नीलम हिसारिय, लायन सरिता खत्री, लायन दीना कुमारीको सहभागिता थियो ।

वर्तमान जिलापाल लायन गणवन्त मल्लिकको नेतृत्वमा द्वितिय उपजिलापाल लायन संगीता नंदा, पूर्व जिलापाल शैलेश सिन्हा, पूर्व जिलापाल लायन देशबंधु गुप्ता, पूर्व जिलापाल लायन प्रकाश नंदा, पूर्व जिलापाल लायन वीना गुप्ता, लायन गीता शर्मा, लायन अंगद सिंह, लायन चंदु मिश्रा, लायन सुजीत सिंह, लायन अमित सिंह सहित लगभग चालीस जनाले कार्यक्रमको शोभा बढाएका थिए ।

जिलापाल मल्लिकले क्लबको कार्यक्रमको उच्च प्रशंसा गर्दै अध्यक्ष साइमन रेक्सको कुशल नेतृत्वको तारिफ गर्नुभयो । साथै गर्भनर मेडल सहित अन्तर्राष्ट्रिय अध्यक्षको प्रमाण पत्र पनि प्रदान गर्नुभयो । कार्यक्रमको दौरान क्लबद्वारा प्रतीक चिह्न (क्लबको पिन) सहित सम्मान पत्र पनि प्रदान गरिएको थियो ।

कार्यक्रमको मुख्य आकर्षणको रुपमा स्वागत कार्यक्रमको झल्की प्रस्तुत गरिएको थियो ।









