काठमाण्डौ । लायन्स क्लब ललितपुर इलाइट सहित दस वटा लायन्स क्लबहरूको संयुक्त आयोजनामा सानेपा स्थित चौधरी ग्रुपको परिसरमा एक कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रमको मुख्य आकर्षणको रुपमा एकाउन्न पाइन्ट रक्तदान गरिएको थियो ।

रक्तदान कार्यक्रम त्रिभुवन विश्वविद्यालय रक्त बैंक (टियु ब्लड बैंक) अनि वयोद्धा अस्पतालको सहकार्यमा सम्पन्न गरिएको थियो । चौधरी ग्रुप नेपालकै सबैभन्दा ठूलो औद्योगिक घरानाको रुपमा परिचित छ । साथै, नेपाल–भारत क्षेत्रमा क्रियाशील पूर्व लियो डिस्ट्रिक्ट ३२२ ए का नेपालमा पहिलो लियो डिस्ट्रिक्ट अध्यक्ष बिनोद चौधरी हुनुभयो ।
वर्षै पिच्छे गरिएको रक्तदान कार्यक्रमको निरन्तरतालाई मध्यनजर गर्दै बागमती प्रदेशमा तेश्रो उत्कृष्ट कार्यक्रमको रुपमा चयन गरिएको थियो । स्वास्थ्य मन्त्री किरण थापाले एक समारोहबीच लायन ललितपुर इलाइट क्लबका अध्यक्ष लायन प्रशन्न शाक्यलाई सम्मान पत्र प्रदान गरि रक्तवीरहरुलाई प्रेरणा प्रदान गर्नुभयो ।

रक्तदान कार्यक्रमको साथमा लायन्स, रेडक्रस, सहकार्य आयोजक, सञ्चारकर्मी, समाजसेवी सहित विशिष्ट व्यक्ति हरुको उल्लेखनीय उपस्थिति थियो । कार्यक्रमको जानकारी विश्वकै सर्वश्रेष्ठ दश लायन्स अवार्ड आई ए को पदक बाट विभुषित एकमात्र नेपाली लायन राधेश्याम खेतानद्वारा गराइएको थियो ।









