लायन्स क्लब अफ संस्कृती गोल्ड, वीरगञ्जले वीरगञ्ज कपडा बैंकलाई महत्वपूर्ण सहयोग प्रदान गरेको छ ।
क्लबकी अध्यक्ष रितिका जैसवालको नेतृत्वमा १० बोरा लुगाहरू वीरगञ्ज कपडा बैंकको कार्यालयमा हस्तान्तरण गरिएको थियो । कार्यक्रमको दौरान क्लबकी सदस्य नितु गुप्ता, कपडा बैंकका सचिव कन्हैया पटेल, सदस्य निला राम सहित कर्मचारी शोभा देवीको पनि सक्रिय सहभागिता रहेको थियो ।
सो अवसरमा अध्यक्ष जैसवालले वीरगञ्ज कपडा बैंकले विगत देखि नै बाढी, आगलागीलगायत विपद् परेका एवं आर्थिक रूपले असन्तुलित परिवारहरुलाई निस्वार्थ सेवा प्रदान गरिरहेको कुरा उल्लेख गरिन् । उनले भविष्यमा पनि असाहायहरूको साथमा रहने प्रतिबद्धता जनाइन् ।
Post Views: 216









