वीरगञ्ज महानगरपालिका–१६ (नगवा) का सक्रिय समाजसेवी युवा तथा नगवा युवा समाजका पूर्व अध्यक्ष किरण चौरसिया र अनिल यादव आज औपचारिक रूपमा जनमत पार्टीमा प्रवेश गरेका छन्।
मधेस प्रदेशका मुख्यमन्त्री तथा जनमत पार्टीका वरिष्ठ नेता सतिश कुमार सिंहले दुबै युवालाई पार्टीको सदस्यता प्रदान गर्दै पार्टीमा स्वागत गरेका हुन्। जनमत पार्टीको नेतृत्व क्षमता र मुख्यमन्त्री सिंहको कार्यशैलीबाट प्रभावित भई आफूहरू पार्टीमा प्रवेश गरेको नवप्रवेशी युवा नेताहरूले बताएका छन्।
जनमत पार्टी पर्सा जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फले यी युवाहरूको आगमनले मधेस आन्दोलनको गढ मानिने नगवामा जनमत पार्टी अझ बलियो बन्ने विश्वास व्यक्त गरे। उनले निकट भविष्यमा नगवामा व्यापक पार्टी प्रवेश कार्यक्रम आयोजना गर्ने जानकारी समेत दिए।
कार्यक्रममा महानगर अध्यक्ष महादेव शर्मा लगायतका पार्टीका अन्य पदाधिकारीहरूको पनि उपस्थिति रहेको थियो।









