२०८२ चैत्र १२ गते बिहीबार

वीरगञ्जमा रक्तदान कार्यक्रम सम्पन्न, ५१ जनाको सहभागिता

 

 

 

वीरगञ्ज घण्टाघरस्थित रोयल पार्टी प्यालेसमा आयोजित रक्तदान कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको छ। पर्सा जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा एक महिलासहित ५१ जनाले स्वेच्छिक रूपमा रक्तदान गरेका छन्।

 

नेपाल रेडक्रस सोसाइटी वीरगञ्ज शाखाका सभापति बृजकिशोर पटेल, समाजसेवी राजन श्रीवास्तवलगायत विभिन्न क्षेत्रका व्यक्तिहरूको कार्यक्रममा उपस्थिति रहेको थियो।

 

कार्यक्रम संयोजक बिक्की सर्राफका अनुसार हाल वीरगञ्जस्थित रक्तसञ्चार केन्द्रमा देखिएको रगतको अभाव तथा नेपाल रेडक्रस सोसाइटी पर्साले जारी राखेको रक्तदान कार्यक्रम सञ्चालनसम्बन्धी आह्वानलाई ध्यानमा राखी सो कार्यक्रम आयोजना गरिएको हो।

 

कार्यक्रमका प्रमुख अतिथि एसपी गौतम मिश्रले रक्तदानजस्तो मानवीय कार्य समाज रुपान्तरणको उदाहरणीय पहल भएको उल्लेख गर्दै स्वेच्छिक रूपमा रक्तदान गर्ने सबैप्रति धन्यवाद ज्ञापन गरे। साथै, कार्यक्रम आयोजना गर्ने सम्पूर्ण टिमप्रति उनले आभार व्यक्त गरे।

 

आयोजक संस्थाले कार्यक्रममा सहभागिता जनाउने सबैप्रति आभार व्यक्त गर्दै रक्त अभावजस्ता समस्याको समाधान सामूहिक प्रयासबाट मात्र सम्भव हुने धारणा व्यक्त गरेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM