२०८२ चैत्र १२ गते बिहीबार

बिरगंज महानगरको १७औं नगरसभा सम्पन्न, आगामी वर्षका लागि ३ अर्ब २२ करोडको बजेट सार्वजनिक

 

बिरगंज महानगरपालिका को १७ औं नगरसभा अधिवेशन सम्पन भएको छ। सोमबार आयोजित उक्त कार्यक्रम मा बिरगंज महानगर पालिका का उप प्रमुख इम्तियाज आलमले आगामी आर्थिक वर्षका लागि तीन अर्ब २२ करोड ४८ लाख ४९ हजार रुपैयाँको अनुमानित आयव्यसहितको बजेट प्रस्तुत गरेका हुन् ।बिरगंज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि तीन अर्ब २२ करोड ४८ लाख ४९ हजार रुपैयाँको अनुमानित बजेट ल्याएको छ ।

सोमबारको नगरसभामा उप प्रमुख इम्तियाज आलमले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा चालू खर्चतर्फ दुई अर्ब २६ करोड ५० लाख ४९ हजार अर्थात कूल बजेटको ७०.२४ प्रतिशत,पूँजीगत खर्चतर्फ ९२ करोड ३४ लाख अर्थात कूल बजेटको २८.६४ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ तीन करोड ६४ लाख अर्थात १.१२ प्रतिशत रहेको उल्लेख छ ।
बिरगंज महानगरले आगामी आर्थिक वर्षका लागि चालु आर्थिक वर्षको भन्दा झण्डै ३३ करोड बढी बजेट ल्याएको छ । चालु आर्थिक वर्षका लागि बिरगंज महानगरको बजेट २ अर्ब ८९ करोड ४८ लाख १७ हजार रुपैयाँको थियोे । नगरसभामा बजेट प्रस्तुत गर्दै उप प्रमुख आलमले आगामी आर्थिक वर्षको बजेटका प्राथमिकतामा शिक्षा,स्वास्थ्य,कृषि, पर्यटन,सरसफाई,वातावरण संरक्षण,गुणस्तरीय भौतिक पूर्वाधार र डिजिटलमैत्री सेवा प्रवाह रहेकोपनि बताए ।आगामी आर्थिक वर्षको बजेटमा अनुमानित खर्च व्यहोर्ने श्रोतहरुमा आन्तरिक राजश्वबाट एक अर्ब १५ करोड,संघीय अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट एक अर्ब ३७ करोड ३० लाख , संघीय राजश्व बाँडफाँटबाट २३ करोड ७८ लाख,प्रदेश अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट पाँच करोड २८८ हजार,प्रदेश राजस्व बाँडफाँटबाट एक करोड ६७ लाख १३ हजार ,घरजग्गा रजिष्ट्रेशन शुल्क बापत २५ करोड र नगद मौज्दाबाट १५ करोड व्यहोरिने उप प्रमुख आलमले बताए ।

नगरसभामा बजेट प्रस्तुत गर्दै उप प्रमुख आलमले आगामी आर्थिक वर्षको बजेटका प्राथमिकतामा शिक्षा,स्वास्थ्य,कृषि, पर्यटन,सरसफाई,वातावरण संरक्षण,गुणस्तरीय भौतिक पूर्वाधार र डिजिटलमैत्री सेवा प्रवाह रहेको पनि बताए ।
नगरसभा सुरु हुनुअघि प्रमुख राजेशमान सिंहले आगामी वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। सिंहकै अध्यक्षतामा सम्पन्न नगरसभामा प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्ण, ३२ वटै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, कर्मचारी, सञ्चारकर्मी तथा सरोकारवाला पक्षहरूको उपस्थिति रहेको उपप्रमुखका प्रेस सल्लाहकार महमद सदाबले जानकारी दिए।

महानगरले जनताको आधारभूत आवश्यकतामा केन्द्रित भई कार्यान्वयनमुखी बजेट ल्याएको भन्दै उपप्रमुख आलमले उक्त बजेट प्रभावकारीरूपमा कार्यान्वयन गर्न सबैको सहकार्य अपेक्षा राखे।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM