२०८२ फाल्गुन ३० गते शनिबार

ग्रेड ६ अल्फाका विद्यार्थीहरूले ३डी मोडेल एनिमेशनमार्फत मानव शरीरको अध्ययन गरे

 

बिरगंज स्थित साउथजोन माध्यमिक बिधालयका ग्रेड ६ अल्फाका विद्यार्थीहरूले सूचना तथा सञ्चार प्रविधि (ICT) को प्रयोग गर्दै ३डी मोडेल एनिमेशनमार्फत मानव शरीरका अंगहरूको अध्ययन गरे। अत्यन्तै आकर्षक, अन्तरक्रियात्मक र जीवन्त यो प्रविधिबाट विद्यार्थीहरूले आँखा, मस्तिष्क, मुटु जस्ता आन्तरिक अंगहरूबारे गहिरो जानकारी प्राप्त गरे।

भविष्यमुखी शिक्षाको दिशा तर्फ एक उत्कृष्ट कदम।साउथजोन माध्यमिक बिधालयका शिक्षक रोशन शेखको मार्गदर्शनमा सम्पन्न यस शिक्षण सत्रले विद्यार्थीहरूलाई केवल रमाइलो अनुभव मात्र गराएन, तर मानव शरीरको संरचना र कार्यप्रणालीप्रति गहिरो समझदारी पनि प्रदान गर्‍यो।

२१औं शताब्दीको शिक्षालाई आत्मसात् गर्दै अगाडि बढिरहेका हाम्रा विद्यार्थीहरूलाई यस्तो नविनतम् सिकाइ वातावरणले अझ सक्षम, जिज्ञासु र भविष्य–उन्मुख बनाउनेछ भन्ने विश्वास लिइएको छ।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM