२०८२ चैत्र १२ गते बिहीबार

गहवामाई तीर्थ क्षेत्र विकास समितिको आयोजनामा आकस्मिक रक्तदान कार्यक्रम हुने

 

नेपाली रेडक्रस सोसाइटी, रक्तसञ्चार सेवा केन्द्र पर्सा, बीरगंजको अपीललाई ध्यानमा राखी तथा बढ्दो गर्मीका कारण उत्पन्न भएको रगतको अभावलाई पूर्ति गर्नका लागि एक महत्वपूर्ण कदमको रूपमा श्री गहवामाई तीर्थ क्षेत्र विकास समिति र श्री गहवामाई रथ यात्रा २०८२ को आयोजनामा भोलि ११ गते बुधवार बिहान ७:१५ बजे देखि आकस्मिक रक्तदान कार्यक्रम हुने भएको छ।

उक्त कार्यक्रम गहवामाई मन्दिर परिसरमा आयोजना हुने बताइएको छ। रक्तदान कार्यक्रमले जीवन रक्षाका लागि आवश्यक रक्त सञ्चयमा महत्वपूर्ण सहयोग पुर्‍याउने विश्वास गरिएको छ।

गर्मीका कारण नियमित रक्तदाताहरूमा कमी देखिएको बेला यस्तो पहलले समाजमा सकारात्मक सन्देश पुर्‍याउने निश्चित छ। आयोजक समितिले रक्तदान गर्न सक्ने सबै व्यक्तिहरूलाई समयमै उपस्थित भई रक्तदानमा सहभागी हुन हार्दिक अनुरोध गरेको छ।

“रक्तदान जीवनदान हो” भन्ने भावनाका साथ आयोजना हुने उक्त कार्यक्रममा स्थानीय समाजसेवी, युवाहरू, श्रद्धालु तथा स्वास्थ्यप्रेमीहरूको व्यापक उपस्थिति रहने अपेक्षा गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM