२०८२ चैत्र १२ गते बिहीबार

आशा किरण केन्द्रमा आश्रित बालबालिकाहरुको लागि खाद्यान्न तथा पोषण सामग्री वितरण

 

नेपाल औषधि व्यवसायी संघ, नारायणी पर्साको आयोजनामा वीरगञ्ज–१४ स्थित आशा किरण केन्द्रमा आश्रित बालबालिकाहरुलाई विभिन्न पोषणयुक्त खाद्य सामग्री वितरण गरिएको छ। सो केन्द्र विगत २५ वर्षदेखि आर्थिक रूपमा कमजोर तथा कम विकसित बालबालिकाको संरक्षण तथा समृद्धिका लागि क्रियाशील संस्था हो।

कार्यक्रम संघका अध्यक्ष तैजुद्दीन अंसारीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा केन्द्रमा आश्रित ३० जना बालबालिकालाई चामल, दाल, राजमा, मिठाईलगायत पौष्टिक तथा स्वादिष्ट खाद्य सामग्री वितरण गरिएको हो।

उक्त समारोहको विशेष उपस्थितिहरू संघका महासचिव प्रमोद सर्राफ,केन्द्रीय सदस्य सुनील लाखोटिया, राहुल खडेलवाल,कोषाध्यक्ष रामबाबु साह, सदस्यहरू सुशील खेतान, गणेश साह, रामविनोद साह, रामप्रवेश यादव,जिल्ला कार्यसमितिका अन्य सदस्यगणहरुको उल्लेखनीय उपस्थिति एवं केन्द्रका पदाधिकारी कुशवाहा,संस्थापक सुनील गुप्ता लगाएतकाहरुको सहभागीता रहेको थियोे।

उक्त कार्यक्रममा झण्डै ३० हजार रुपैयाँ बराबरको खाद्यान्न सामग्री प्रदान गरिएको संघले जानकारी दिएको छ। साथै, संघको तर्फबाट समय–समयमा चिकित्सकमार्फत स्वास्थ्य परीक्षण गराउने प्रतिबद्धता समेत व्यक्त गरिएको थियो।

संस्थाका संस्थापक सुनील गुप्तालाई संघका प्रतिनिधिहरूले बालबालिकाहरूको उज्ज्वल भविष्यको कामना गर्दै निरन्तर सहयोगको आश्वासन पनि दिएका थिए।

यसअघि समाजसेवी कविता हालनद्वारा आश्रित सम्पूर्ण बालबालिकालाई पौष्टिक वस्त्र (नयाँ लुगा) वितरण गरिएको थियो, जसले बालबालिकामा खुशी थपेको छ।

सोको जानकारी पाँच दशक देखि लियो र लायंनवाद मा समर्पित लायन राधेश्याम खेतानले दिएका थिए।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM