लायन्स क्लब इन्टरनेशनल जिल्ला ३२५ एस का नव निर्वाचित द्वितीय डिस्ट्रिक्ट उप-गभर्नर, लायन्स क्लब हेटौंडाका सक्रिय सदस्य, लेखक तथा लायन्स रितम्भरा वैकल्पिक स्वास्थ्य प्रतिष्ठानका अध्यक्ष PMJF सुदर्शन अधिकारीको असामयिक निधनले सम्पूर्ण लायन्स परिवारमा अपूरणीय क्षति पुगेको छ।

उक्त दुःखद घटनाले शोकाकुल बनेको एरिया ३ क्षेत्र अन्तर्गत विशेष शोकसभा आयोजना गरी दिवंगत आत्माको चिरशान्तिका लागि प्रार्थना गरिएको छ। सभा पश्चात् शोक प्रस्ताव पारित गर्दै उहाँको योगदानको उच्च मूल्याङ्कन गरिएको थियो।
शोकसभामा विशेष उपस्थितिहरु लायन्सका भूतपूर्व अन्तर्राष्ट्रिय निर्देशक ई. संजय खेतान,भूतपूर्व एम.सी.सी. डा. रमेश अग्रवाल,भूतपूर्व डिस्ट्रिक्ट गभर्नर डी. एन. अग्रवाल,द्वितीय उप-गभर्नर आर. बी. पाण्डे,क्षेत्रीय प्रमुख श्याम गुप्ता,वरिष्ठ लायन सदस्यहरू: पशुपति विक्रम शाह, अशोक बेरीवाल, बासु तिमिल्सेना, नरोत्तम
पाण्डेय, चन्द्रशेखर, सुनीता अग्रवाल, रितिका जायसवाल, प्रकाश बाहेती, सन्दीप केडिया, कपिलदेव तिवारी, विनोद खण्डेलवाल, बलराम श्रेष्ठ, मनीष सिस्का
साथै विभिन्न लायन्स क्लबका सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो।कार्यक्रमको अन्त्यमा सबै सहभागीले दिवंगत आत्माप्रति श्रद्धाञ्जली अर्पण गर्दै मौन प्रार्थना गरे।

लायन्स परिवारले अधिकारीको समाजसेवा, नेतृत्व, र वैकल्पिक स्वास्थ्य सेवामा दिएको योगदानलाई सदैव स्मरणीय रहेको बताउँदै उहाँप्रति श्रद्धा र सम्मान प्रकट गरेका छन्।
उक्त जानकारी लायंस अंतराष्ट्रीयका आजीवन सदस्य लायन राधेश्याम खेतानले दिएका थिए।









