२०८२ चैत्र १२ गते बिहीबार

सपना देख्ने आँखा र सपना देखाउने पात्र एकै फ्रेममा

 

गौतम माध्यमिक विद्यालय, वीरगञ्जमा हालै सम्पन्न सचेतना, परामर्श तथा अन्तरक्रिया कार्यक्रममा सहभागी हुनुभएका पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको सान्निध्यले सम्पूर्ण विद्यालय वातावरण उत्साह, चेतना र प्रेरणाले भरिएको अनुभव गरियो।

कार्यक्रमको एक विशेष, मन छुने क्षण थियो
शारीरिक रूपमा केही चुनौती सामना गरिरहेका कक्षा ७ का विद्यार्थी क्रिस गुप्ता प्रमुख जिल्ला अधिकारीको छेउमै आत्मविश्वासपूर्वक उभिएर भविष्यमा आफू पनि प्रमुख जिल्ला अधिकारी बन्ने सपना बोकेर अघि बढिरहेको देखिनु।

उनको मुस्कान, आँखा र आत्मबलले प्रमाणित गर्‍यो –
“शरीरले हैन, मनले ठूलो सपना देखिन्छ।”
शारीरिक असहजता हुँदाहुँदै पनि उनीभित्रको आत्मबल, इच्छाशक्ति र राष्ट्रसेवाको सपना हामी सबैका लागि गहिरो प्रेरणा बन्यो।

क्रिसजस्ता सपनाको जगेर्ना गर्न सक्ने विद्यार्थीहरू हाम्रो विद्यालयमा छन् भन्ने कुरा आफैंमा गर्वको विषय हो।
हाम्रो शिक्षा केवल किताबसम्म सीमित छैन, यो आत्मबल र सम्भावनाको खेती हो।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM