२०८२ चैत्र ११ गते बुधबार

एमनेस्टी इन्टरनेशनल ग्रुप १६ वीरगञ्जको वार्षिक साधारणसभा सम्पन्न, नयाँ नेतृत्व चयन

 

मानव अधिकारको क्षेत्रमा क्रियाशील संस्था एमनेस्टी इन्टरनेशनल ग्रुप १६ वीरगञ्जको वार्षिक साधारणसभा (AGM) भव्य रूपमा सम्पन्न भएको छ।

वीरगञ्जस्थित होटल त्रिशरामा आयोजित कार्यक्रम संस्थाका अध्यक्ष प्रकाश बाहेतीको अध्यक्षतामा सम्पन्न भएको हो।

कार्यक्रममा ग्रुपका पूर्व संयोजक राजेश बोथरा, सुरेश पारिक, मन्नु यादव, सुनिल महतोलगायतका विशिष्ट व्यक्तिहरूको विशेष उपस्थिति रहेको थियो।

सभामा संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विगत वर्षका गतिविधिहरूको समीक्षा तथा आगामी कार्ययोजना सम्बन्धी महत्वपूर्ण छलफल गरिएको थियो।

यस अवसरमा नयाँ कार्यसमिति चयन गरिएको छ। निर्वाचित पदाधिकारीहरू निम्नानुसार रहेका छन्:राजनीश झा अध्यक्ष
,बृजेश अग्रवाल – उपाध्यक्ष,सुनिल महतो – सचिव,रेनु साह – उपसचिव,मन्नु यादव – कोषाध्यक्ष,संगीता चौधरी – सदस्य,रञ्जित चौधरी – सदस्य,बिनित जसवाल – सदस्य,विशाल झा – सदस्य लगाएतकाहरु निर्वाचित भएका हुन।

नव-निर्वाचित अध्यक्ष राजनीश झाले संस्थालाई अझ सशक्त र जनउत्तरदायी बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

कार्यक्रमले एमनेस्टी इन्टरनेशनलको मानव अधिकार सम्बन्धी अभियानलाई स्थानीय स्तरमा अझ प्रभावकारी रूपमा अगाडि बढाउने प्रतिबद्धता जनाउँदै समापन गरिएको थियो।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM