२०८२ चैत्र ११ गते बुधबार

लायन्स क्लब अफ बिरगंज सेन्ट्रल सिटीको पद हस्तान्तरण कार्यक्रम सम्पन्न

 

 

लायन्स क्लब अफ बिरगंज सेन्ट्रल सिटीले नयाँ कार्यसमिति गठनसँगै पद हस्तान्तरण कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रम वीरगंजस्थित होटल अम्ब्रेलामा आयोजित गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि लायन डा. रमेश कुमार अग्रवाल रहनु भएको थियो भने विशिष्ट अतिथिका रूपमा लायन राम बिहारी पाण्डे तथा अतिथिका रूपमा लायन रामेश्वर प्रसाद गुप्ता उपस्थित हुनु भएको थियो। कार्यक्रममा क्लबकी पूर्वअध्यक्ष लायन डा. लक्ष्मी थापाको अध्यक्षता रहेको थियो।

नवगठित कार्यसमितिमा लायन सुशीला साह अध्यक्ष चयन हुनु भएको छ। त्यस्तै, लायन देवन्ती साह उपाध्यक्ष, लायन डा. मनोज गुप्ता कोषाध्यक्ष, लायन कविता खड्का सचिव पदमा चयन भएका छन्। समितिका सदस्यहरूमा लायन गुड्डी जोशी, मिना तिवारी, रोशनी श्रीवास्तव, अनामिका मिश्रा, सुगन्धी कुशवाहा, र सरीता सिंह रहेका छन्।

कार्यक्रममा लायन उमेश साह कानु, लायन नरोत्तम पाण्डे, लायन श्याम गुप्ता, लायन बासु तिमलसिनालगायतका लायन सदस्यहरू तथा विभिन्न सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको सञ्चालन नवनियुक्त सचिव लायन कविता खड्काले गर्नु भएको थियो।नवगठित कार्यसमितिलाई बधाई एवं सफल कार्यकालको शुभकामना व्यक्त गर्दै अतिथिहरूले सामाजिक सेवामा क्लबले अझ सक्रियता देखाउने विश्वास व्यक्त गरेका थिए।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM