२०८२ चैत्र ११ गते बुधबार

वीरगञ्ज महानगरपालिका न्यायिक समितिको आयोजनामा मेलमिलापसम्बन्धी आठ दिवसीय आधारभूत तालिम सम्पन्न

 

वीरगञ्ज महानगरपालिका अन्तर्गत न्यायिक समितिको आयोजनामा मेलमिलापसम्बन्धी आठ दिवसीय (४८ घण्टा) आधारभूत तालिम सफलतापूर्वक सम्पन्न भएको छ।

तालिममा वीरगञ्ज महानगरपालिकाको विभिन्न क्षेत्रबाट सहभागिता जनाएका प्रशिक्षार्थीहरूलाई मेलमिलाप विधिबाट विवाद समाधान गर्ने सीप र ज्ञान प्रदान गरिएको थियो।

समापन कार्यक्रम वीरगञ्ज महानगरपालिकाका उपप्रमुख एवं न्यायिक समितिका संयोजक इम्तियाज आलमको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा न्यायिक समितिका सदस्यहरू सर्जु महतो र बैजु स्वर्णकारको समेत उपस्थिति रहेको थियो।

कार्यक्रममा उपप्रमुख आलमले न्यायिक समितिले हालसम्म मेलमिलाप र फर्छोटमार्फत समाधान गरिएका मुद्दाहरूको बारेमा विस्तृत जानकारी गराउँदै, समिति विवाद समाधानको वैकल्पिक विधिमा सक्रिय रहेको बताए। “हामी प्रयासमा छौं कि न्यायिक प्रक्रिया भन्दा पहिले संवाद र मेलमिलापमार्फत समाधान खोजौं,” उनले भने।

कार्यक्रमको जानकारी उपप्रमुखका प्रेस सल्लाहकार महमद सदाबले दिएका थिए।
समापन कार्यक्रममा सहभागी प्रशिक्षार्थीहरूलाई उपप्रमुख आलमले प्रमाणपत्र वितरण गर्नु भएको थियो।
कार्यक्रममा महिला तथा पुरुष दुबै समूहको उल्लेखनीय उपस्थिति रहेको आयोजकले जनाएको छ।

यस तालिमले समुदायस्तरमा मेलमिलाप संस्कृतिको विकास गर्न सकारात्मक योगदान पु¥याउने विश्वास लिइएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM