२०८२ चैत्र ११ गते बुधबार

अन्तर प्रदेश राष्ट्रिय भारोत्तोलन प्रतियोगिता असार १५ देखि वीरगञ्जमा सुरु, सम्पूर्ण तयारी पूरा

 

असार १५ गते आईतबार देखि शुरु हुने अन्तर प्रदेश राष्ट्रिय भारोत्तोलन प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको छ । शनिबार वीरगंजमा पत्रकार सम्मेलन गरि आयोजकले प्रतियोगिताबारे जानकारी दिएको हो । ‘खेली मधेश, जिती मधेश’ भन्ने मूल नाराका साथ सुरु भएको प्रतियोगिता असार १५ देखि १७ गतेसम्म सिद्धार्थ माध्यमिक विद्यालयमा बिहान ९ बजे देखि सञ्चालन हुनेछ।प्रतियोगितामा कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका खेलाडीहरूले सहभागिता जनाउनेछन्।

प्रतियोगितामा महिला तर्फ ४८, ५३, ६३, ६९, ७७ र ८६ केजी तौल समूहमा तथा पुरुष तर्फ ६०, ६५, ७१, ७९, ८८, ९८ र ११० केजी तौल समूहका खेलाडी सहभागी हुनेछन्। खेलहरू आईडब्लुएफ IWF र एडब्लुएफ AWF अन्तर्राष्ट्रिय नियमअनुसार सञ्चालन हुनेछन्।

जिल्ला खेलकुद विकास समिति, पर्साका प्रमुख नाजिर हुसेन अंसारीको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा नेपाल भारोत्तोलन संघका संयोजक कानन चौधरी, प्रदीप श्रेष्ठलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा ८ स्वर्ण, ८ रजत र ८ कांस्य पदकको व्यवस्था गरिएको आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो । मधेश खेलकुद परिषदका सदस्य सचिव शिवजी साह कानुको प्रमुख आतिथ्यमा हुने प्रतियोगितामा ११२ जना खेलाडीको सहभागिता हुने छन ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM