२०८२ चैत्र ११ गते बुधबार

पर्सा जिल्लाको गाउँ /गाउँमा जनमतपार्टीको लहर ,एकै वडाका सय भन्दा बढी युवा जनमतमा प्रवेश

वीरगन्ज महानगरपालिको ग्रामीण क्षेत्र वडा नम्बर -२७ कुहडीमा पार्टीका राष्ट्रिय उपाध्यक्ष एवं उधोग वाणिज्य तथा पर्यटनमन्त्री बसन्त कुशवाहाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा एक सय भन्दा बढी युवाहरू जनमत पार्टीमा प्रवेश गरेका छन् ।

वडा इकाई समिति अध्यक्ष बिराजु यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि स्थानीय प्रभावशाली अगुवा एवं युवाहरु हरि यादव,धुपलाल महतो,सन्दीप यादव,बिटु यादव,बिरेन्द्र यादव ,बिपिन यादव,बिकास यादव,रन्जित यादव ,मुना अन्सारी ,अनिल पासवान चन्देश्वर साह,असलम अन्सारी ,जितेन्द्र मन्डल,जय किशन पटेल लगायत सय जना भन्दा बढी जनमत पार्टीमा प्रवेश गरेका छन् ।
पार्टी प्रवेश कार्यक्रममा जनमत पार्टीका केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फ,केन्द्रिय सदस्यहरु बिध्यालाल प्रसाद, रम्भा मिश्र,नजमा खातुन ,राजेश चौरसिया, महानगर अध्यक्ष महादेव शर्मा,उपाध्यक्ष केदार पटेल ,महानगर युवा अध्यक्ष संजय सिह,ई राजुराज गिरी लगायतले सम्बोधन गर्दै जनमत पार्टी नै एक मात्र विकल्प रहेकोले सबैलाई जनमतमा गोलबन्द हुन आग्रह गरे।

कार्यक्रममा प्रदेश सदस्यहरु ब्रीजेस्वर चैधरी, राजनरायण मिश्र, क्षेत्रीय संयोजकहरु गगनदेव यादव ,डा. मनोज सरार्फ, देवराज सरार्फ, महिला जिल्ला संयोजक अन्जना गुप्ता,दलित जिल्ला संयोजक नरेश राम, धिरेन्द्र पन्जियार,महनागर सचीव लोकेश कर्ण, सिकेन्द्र राम, हिरालाल राम,विद्यार्थी नेता अभिषेक झा,अनिता राम लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM