२०८२ चैत्र १ गते आईतवार

सशस्त्र प्रहरीले E-Loader सहित ११ लाख बढीको अवैध सामान नियन्त्रणमा लिएर भन्सारमा बुझायो

 

सशस्त्र प्रहरी बल, नेपाल प्र.सी.सु. गुल्म, वीरगञ्जले अवैध रुपमा ल्याइएको तथा निकासी गर्न लागिएको विभिन्न सामानहरु नियन्त्रणमा लिई भन्सार कार्यालयमा बुझाएको छ। नियन्त्रणमा लिइएका सामग्रीको कुल मूल्य रु. ११,६६,६९० बराबर रहेको छ।

मिति २०८२ असार १४ गते, सशस्त्र प्रहरीको टोलीले वीरगञ्ज महानगरपालिका–१६, ईनर्वा स्थित सीमा नाकाबाट भारततर्फ निकासी गर्दै गरेको अवस्थामा तामाको माने र उक्त कार्यमा प्रयोग भएको E-Loader नियन्त्रणमा लिएको थियो। उक्त सामानको मूल्य रु. ५,०८,००० रहेको जनाइएको छ। नियन्त्रणमा लिइएका सामग्रीहरू असार १५ गते वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको हो।

त्यसैगरी, सोही मितिमा अर्को टोलीले भन्सार क्षेत्र नजिक रक्सौलबाट वीरगञ्जतर्फ ल्याउँदै गरेको मोटरसाइकलका विभिन्न भागहरूमा लुकाईछिपाई ल्याइएको रु. ४,६७,००० बराबरको मोबाइल पार्टपुर्जा र उक्त कार्यमा प्रयोग गरिएको मोटरसाइकल नियन्त्रणमा लिएको छ। यसलाई पनि भन्सार कार्यालयमा बुझाइएको छ।

यसबाहेक, सशस्त्र प्रहरी गुल्म, अलौ बाट खटिएको टोलीले बिन्दवासिनी गाउँपालिका–४ झौवा चोकबाट भारतबाट अबैध रुपमा ल्याउँदै गरिएको रु. १,९१,६९० बराबरको किराना सामान र मोटरसाइकल नियन्त्रणमा लिई असार १५ गते नै वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको हो।

यस प्रकारको तस्करी नियन्त्रणमा सशस्त्र प्रहरीले देखाएको सक्रियता सराहनीय भएको छ।सूचना अधिकारी देबेन्द्र बहादुर सिंह सशस्त्र प्रहरी नायब उपरीक्षक जानकारी गराएका थिए।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM