२०८२ चैत्र ११ गते बुधबार

लायन श्याम गुप्ताले लायन रमेश्वरप्रसाद गुप्ता लाई कार्यभार हस्तान्तरण कार्यक्रम सम्पन्न

 

लायन्स क्लब डिस्ट्रिक्ट ३२५ एस, एरिया ३ अन्तर्गत कार्यभार हस्तान्तरण (Handover-Takeover) कार्यक्रम लायन श्याम गुप्ताले पीएमजेएफ लायन रमेश्वरप्रसाद गुप्ता लाई एक कार्यक्रमको आयोजना गरि कार्यभार हस्तान्तरण गरेका छन।

उक्त कार्यक्रम वीरगंजस्थित होटल मकालुमा भव्य रूपमा सम्पन्न गरिएको थियो।

कार्यक्रम अन्तर्गत लायन श्याम गुप्ताले एरिया चीफ (LY 2024–2025) को रूपमा कार्यभार सम्हालेका थिए भने आगामी कार्यकाल LY 2025–2026 का लागि पीएमजेएफ लायन रमेश्वरप्रसाद गुप्ताले सो जिम्मेवारी सम्हाल्ने छन्। कार्यक्रमको अध्यक्षता लायन्स क्लब डिस्ट्रिक्ट ३२५ एस, एरिया ३ एरिया चिफ लायन श्याम गुप्ताले गरेका थिए।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा PID गेट एभरेष्ट लिडर लायन सञ्जय खेतानको उपस्थिती रही, उनले लायन्स आन्दोलन र नेतृत्व विकासबारे आफ्ना विचार व्यक्त गरे।

विशिष्ट अतिथिहरूमा PMCC लिड डोनेटर लायन रमेश कुमार अग्रवाल,IPDG लायन डा. डी. एन. अग्रवाल
रहेका थिए।त्यसैगरी १st VDG MJF लायन रामबिहारी पाण्डे,PDG लायन राजकुमार सिन्धी,PDL लायन पुनमचन्द अग्रवाल,Honorary Council Chairperson लायन सुनिता अग्रवाल,LA Incoming Area Chief लायन रमेशकुमार,Honorary District Advisor लायन कपिलदेव तिवारी District Executive Chief लायन सन्दीप केडिया,लायन प्रकाश बाहेती,र लायन बासु तिमिल्सिना,नरोतम पाण्डे,सुशिला साह,रोशनी श्रीवास्त्व लगायतका विशिष्ट व्यक्तिहरूको समेत उपस्थिति रहेको थियो।

कार्यक्रममा जोन चेयरपर्सन, रेजियन चेयरपर्सन, जिल्ला पदाधिकारी, क्लब सदस्यहरू, तथा सञ्चारकर्मीहरू समेतको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमले लायन्स क्लबको नेतृत्व हस्तान्तरण परम्परालाई सम्मानका साथ अघि बढाउँदै, सेवा भाव र सामाजिक प्रतिबद्धतामा नयाँ उचाइ थपेको सहभागीहरूले बताएका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM