२०८२ फाल्गुन २८ गते बिहीबार

वीरगंजमा महिला सञ्चारकर्मीहरूको क्षमता अभिवृद्धि तालिम सुरु

 

श्री राधेमाई सामुदायिक विकास संस्थाको आयोजनामा र वीरगंज महानगरपालिकाको आर्थिक सहयोगमा महिला सञ्चारकर्मीहरूका लागि तीन दिने क्षमता अभिवृद्धि तालिम वीरगंजमा सुरु भएको छ। तालिम बुधबारबाट वीरगंजको बसपार्कस्थित होटल हिमालमा सुरु भएको हो।

कार्यक्रमको उद्घाटन नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा समिति संयोजक केसी लामिछानेको प्रमुख आतिथ्यमा सम्पन्न भयो। उद्घाटन सत्रमा नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष निलिमा पौडेल, पूर्व उपाध्यक्ष युवराज खड्का लगायत वक्ताहरूले महिला सञ्चारकर्मीहरूको भूमिका, उनीहरूले भोगिरहेका चुनौतीहरू तथा सशक्तिकरणका उपायहरूबारे धारणा व्यक्त गरे।

कार्यक्रम संस्थाकी कार्यक्रम संयोजक पूजा देवीको अध्यक्षतामा सम्पन्न भएको थियो भने तालिमको सहजीकरण पत्रकार आनन्द पटेलले गरेका छन्।

आयोजक संस्थाका अनुसार तालिममा २५ जना महिला पत्रकारहरूको सक्रिय सहभागिता रहेको छ। तालिमको उद्देश्य महिला सञ्चारकर्मीहरूलाई व्यवहारिक सीप, आत्मविश्वास तथा नेतृत्वदायी भूमिकामा सक्षम बनाउनु रहेको जनाइएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM