विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा. पर्सा तथा मातहत कार्यालयहरू र वीरगञ्ज भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले वीरगञ्ज महानगरपालिका–१ अन्तर्गत छपकैया तथा नदिया टोलका विभिन्न घरहरूमा छापा मारी ठूलो परिमाणमा कपडा बरामद गरेको छ।
भारतबाट भन्सार छलि चोरीपैठारी गरी ल्याइ लुकाइछिपाई राखिएको अवस्थामा रु. १८,५५,३५० बराबरको कपडा फेला पारी नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बलले जानकारी दिएको छ।

बरामद गरिएको सामान आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी देबेन्द्र बहादुर सिंहले जानकारी दिनुभएको छ।
सशस्त्र प्रहरीको सतर्कता र सक्रियताले अवैध कारोवार नियन्त्रणमा टेवा पुगेको जनाइएको छ।
Post Views: 195









