२०८२ चैत्र ११ गते बुधबार

साउथ जोन सेकेन्ड्री स्कुलका विद्यार्थीबाट जिराभवानी मन्दिरमा पंखा हस्तान्तरण

 

 

बीरगंज साउथ जोन सेकेन्ड्री स्कुल, बीरगंजका कक्षा ९ मा अध्ययनरत ४० जना विद्यार्थीले शैक्षिक भ्रमण तथा अवलोकनको क्रममा जिराभवानी गाउँपालिका–१ स्थित बाबा बटेश्वरनाथ जिराभवानी मन्दिरमा पुगी धार्मिक स्थलको अवलोकन गरेका छन्।

बढ्दो गर्मी र दर्शनार्थीको स्वास्थ्यलाई ध्यानमा राख्दै मन्दिर परिसरमा पाँच थान सिलिङ पंखा जडान गर्न विद्यार्थी टोलीले पहल गरेको हो। एक सानो कार्यक्रमबीच कक्षाको क्लास टिचर अर्जुन चौधरी तथा विद्यार्थीहरूद्वारा मन्दिर संरक्षण समिति सदस्य अनिरुद्ध प्रसाद महतो र पुजारी किशुन दासलाई ती पंखा हस्तान्तरण गरिएको थियो।

कार्यक्रममा जिराभवानी गाउँपालिका–१ का वडाध्यक्ष रामशरण खवास, सामाजिक अभियन्ता प्रकाश थारू, पत्रकार हरिकिशोर शर्मा लगायत स्थानीय समाजसेवीहरूको उपस्थिति रहेको थियो।

विद्यार्थीहरूको यो कार्यले धार्मिक स्थलको संरक्षणमा योगदान पुर्‍याउनुका साथै सामाजिक उत्तरदायित्वबोधको उदाहरण प्रस्तुत गरेको सहभागीहरूले बताएका छन्।

 

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM