२०८२ चैत्र ११ गते बुधबार

बिरगंज समाजसेवा द्वारा ६० औं हप्ताको निशुल्क भोजन बितरण कार्यक्रम सफलता पूर्वक सम्पन्न

 

समाजमा सेवा भावनाको उच्च उदाहरण प्रस्तुत गर्दै बिरगंज समाज सेवाद्वारा संचालित निशुल्क भोजन वितरण कार्यक्रम आज ६० औं हप्तामा सफलता पूर्वक निशुल्क भोजन बितरन कार्यक्रम सम्पन्न गरिएको छ।

हरेक शनिबार बिहान १० बजेबाट नारायणी अस्पतालको प्राङ्गणमा सञ्चालन हुँदै आएको यस कार्यक्रम अन्तर्गत आज पनि अस्पतालमा उपचाररत बिरामी, कुरुवा तथा आर्थिक रूपमा विपन्न, असहाय र गरिब वर्गका व्यक्तिहरूलाई शुद्ध, सफा र पोषिलो भोजन खुवाइएको छ।

कार्यक्रमका संयोजक एवं बिरगंज समाज सेवाका अध्यक्ष अशोक कुमार गुप्ताले जानकारी दिनुभयो कि हरेक हप्ता करिब ४५० देखि ५०० जनासम्म मानिसहरूले यस सेवाबाट लाभ लिँदै आएका छन्। उहाँले भन्नुभयो, “मानव सेवा नै सबैभन्दा ठूलो सेवा हो। सेवा गर्न इच्छुक जो–कोहीले हाम्रो अभियानमा सहकार्य गर्न सक्नुहुन्छ।”

*

आजको भोजनमा शुद्ध शाकाहारी खानाका रूपमा स्वादिलो दाल, भात, तरकारी र अचार वितरण गरिएको थियो। बिरामी तथा कुरुवाहरुलाई खाना उपलब्ध गराउने क्रममा साफसुथरो र व्यवस्थित व्यवस्थापन गरिएको थियो।

कार्यक्रममा बिरगंज समाज सेवाका पदाधिकारीहरूमा अध्यक्षमा अशोक कुमार गुप्ता,उपाध्यक्ष: मनोज प्रसाद रौनियार,सचिव: प्रकाश बाहेती,कोषाध्यक्ष: विनोद सरार्फ,सदस्यहरू: मदन प्रसाद गुप्ता, राजु रुङ्ग्टा, वकिल प्रसाद रौनियार, रमेश अग्रवाल, बिरेन्द्र प्रसाद आर्या, हरेन्द्र प्रसाद, निसान्त लाठ, देवव्रत आर्या, राम बाबू, र राधेश्याम गुप्ता लगाएतकाहरुको साथै सञ्चारकर्मी अभिलाष कुमार गुप्ता सहितको सक्रिय सहभागिता रहेको थियो।

यस कार्यक्रमले समाजमा सेवा, सहकार्य र सद्भावको भावना विस्तार गर्न उल्लेखनीय योगदान पुर्‍याएको छ। बिरगंज समाज सेवाले आगामी दिनमा पनि यस्ता सेवामूलक गतिविधिहरूलाई निरन्तरता दिने प्रतिवद्धता जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM