गौतम स्कूलका कक्षा १० का विद्यार्थीहरूले यो सप्ताहान्त एक अत्यन्तै प्रेरणादायी र ज्ञानवर्धक सेसनमा भाग लिने अवसर पाए। कार्यक्रममा सङ्कल्प लोक सेवा तयारी संस्थाका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत अशोक शाह विशेष उपस्थिति रहेको थियोे।

कार्यक्रममा शाहले लोक सेवा आयोग अन्तर्गत हुने परीक्षाहरूमा सफलता प्राप्त गर्नका लागि आवश्यक सोच, तयारी र मानसिकता सम्बन्धी आफ्ना अनुभवहरू विद्यार्थीहरूसँग साझा गर्नुभयो। उहाँले विशेष गरी “सुरु चाँडै गरौं, लक्ष्य ठूलो राखौं” भन्ने विचार प्रस्तुत गर्दै विद्यार्थीहरूलाई अहिलेबाटै आफ्नो लक्ष्यप्रति स्पष्ट र केन्द्रित हुन प्रेरित गर्नुभयो।
उहाँले लोक सेवा तयारीको स्पष्ट खाका प्रस्तुत गर्दै यस यात्रामा आउने चुनौतीहरू, अवसरहरू र सही मार्गनिर्देशनको आवश्यकता बारे जानकारी दिनुभयो। विद्यार्थीहरूले उहाँसँग खुलेर जिज्ञासा राखे र उहाँले सबै प्रश्नहरूको सरल र प्रेरणादायी उत्तर दिनुभयो।

यस सेसनले विद्यार्थीहरूमा आत्मविश्वास, स्पष्ट दृष्टिकोण र कडा मेहनत गर्नुपर्ने भावना थप बलियो बनाएको छ। यस्ता कार्यक्रमले विद्यार्थीहरूको भविष्य निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने विद्यालय प्रशासनको विश्वास छ।
गौतम स्कूल परिवार द्वारा अशोक शाह प्रति हार्दिक आभार प्रकट गर्दै आगामी दिनहरूमा पनि यस्ता अवसरहरू प्रदान गरिरहने प्रतिबद्धता व्यक्त गरेका थिए।गौतम स्कूलका शिक्षक सौराज प्रधानको विशेष उपस्थिति रहेको थियोे।









