महिला सशक्तिकरण तथा उद्यमशीलताको प्रवर्द्धन गर्ने उद्देश्यसहित Women’s Creation द्वारा आयोजित 21st Summer Exhibition होटल दियालो, वीरगंजमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा महिला नेतृत्व, नयाँ व्यापारिक सोच, र संस्कृति-परम्परालाई जोड दिइएको थियो।
अध्यक्ष अन्जु रूंगटाको भनाइमा अनुसार, कृष्ण जन्माष्टमी, रक्षा बन्धन, र मारवाडी समुदायको सिन्धारा पर्वलाई लक्षित गर्दै आयोजना गरिएको यो प्रदर्शनीमा ५० वटा स्टलहरू राखिएको थियो भने १,००० भन्दा बढी दर्शकहरूको उपस्थिति रहेको थियो।
प्रदर्शनीमा भारतका मुजफ्फरपुर, बेतिया, कोलकाता, तथा नेपालका काठमाडौं, नारायणगढ, सिराहा, र स्थानीय वीरगंज लगायतका स्थानबाट सहभागी व्यवसायीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। स्टलहरूमा महिला श्रृंगार, पूजा सामग्री, महिलाका पहिरन, सजावटका सामग्री, खाद्य परिकार, कसमेटिक्स, र आभूषण समावेश गरिएको थियो।
कार्यक्रमलाई Royal Enfield ले मुख्य प्रायोजन गरेको थियो भने Bigmaster, Quest Pharmia, Galaxy, Premia को सहप्रायोजन रहेको थियो। संगठनकी सदस्य अपर्णा पटवारी का अनुसार, आर्थिक कारणले व्यवसायिक अवसर पाउन नसकेका महिलाहरुलाई स्टल निःशुल्क प्रदान गरिएको थियो, जसले कार्यक्रमको समावेशी पक्षलाई बल दिएको छ।
कार्यक्रमका प्रमुख अतिथि वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह रहेका थिए। साथै, वीरगंज चेम्बर अफ कमर्सका अध्यक्ष हरि गौतम, नेपाल उद्योग वाणिज्य संघ मधेश प्रदेशका अध्यक्ष अशोक तेमानी, सशस्त्र प्रहरीका SP रधिश्याम समाल, तथा प्रहरी उपरीक्षक गौतम मिश्रा लगायत विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।
Women’s Creation की सदस्य नूतन सरावगी का अनुसार, यो प्रदर्शनीले महिला व्यवसायीहरूलाई नयां जोश र आत्मविश्वास दिएको छ। आगामी दिनहरूमा अझ व्यापक रूपमा महिला उद्यमशीलतालाई प्रवर्द्धन गर्ने प्रतिबद्धता आयोजकहरूले व्यक्त गरेका छन्।









