मधेशमा पहिलो बाल डेन्टल क्लिनिक वीरगंजमा सञ्चालनमा आएको छ । वीरगंजको लिंगरोडमा शनिबार औपचारिक रूपमा क्लिनिकको उद्घाटन गरिएको छ।
बिडिएसरएमडिएस ९पेडियाट्रिक एण्ड प्रिभेन्टिभ डेन्टिस्ट्री० मा विशेषज्ञता प्राप्त डा। सुरभि सिंहद्वारा सञ्चालित ‘लिटिल टिथ एण्ड बियोण्ड’ नामक क्लिनिक मधेशमै पहिलो बालमैत्री दन्त सेवा केन्द्रको रूपमा स्थापना भएको हो।
डा। सिंहका अनुसार यो क्लिनिकले १४ वर्षमुनिका बालबालिकाका लागि विशेष रूपमा केन्द्रित दन्त उपचार सेवा प्रदान गर्नेछ। यहाँ बालबालिकाको प्रारम्भिक दाँतको जाँच, दाँत सफा गर्ने, झिक्ने, भराइ, रुट क्यानाल, एलाइनरजस्ता आधुनिक प्रविधिमा आधारित सेवा उपलब्ध छन्।
उनले क्लिनिकलाई बालमैत्री वातावरणमा सञ्चालन गरिने उल्लेख गर्दै, बालबालिकाको दन्तस्वास्थ्यलाई सुरुवाती चरणमै सम्बोधन गर्न अत्यन्त आवश्यक रहेको बताइन्।
यो क्लिनिकले वीरगंज र आसपासका क्षेत्रका अभिभावकहरूलाई स्थानीय रूपमा गुणस्तरीय बाल दन्त सेवा प्राप्त गर्न सहयोग पुर्याउने विश्वास गरिएको छ।









