२०८२ चैत्र ११ गते बुधबार

भगवत प्राप्तिका दुई मार्ग – कृपा र पुरुषार्थ : बिमल सर्राफ

रक्सौल, पूर्वी चम्पारण

“नमस्कारमा ठूलो रहस्य लुकेको हुन्छ” भन्ने विचार राख्दै लायन्स क्लब अफ रक्सौलका अध्यक्ष, मिडिया प्रभारी तथा समाजसेवी लायन बिमल सर्राफले प्रेससँग आफ्नो आध्यात्मिक विचार साझा गर्नुभएको छ। उहाँका अनुसार, साँचो नमस्कार त्यो हो जुन हृदयबाट उम्लिन्छ, केवल औपचारिकताको रूपमा गरिने सतही अभिवादन होइन।

उहाँले भने, “हामी जसप्रति नमस्कार गर्छौं, त्यसप्रति हृदयमा श्रद्धा र सम्मानको साँचो भाव हुनुपर्छ। त्यो व्यक्तिको प्रत्येक व्यवहार, विचार वा गुण हाम्रो लागि प्रेरणाको स्रोत हुनुपर्छ – चाहे हामी त्यो अनुकरण गर्न सकौं या नसकौं, तर हृदयमा सद्भाव रहनुपर्छ।”

भगवत प्राप्तिका दुई प्रमुख मार्गबारे चर्चा गर्दै सर्राफले भन्नुभयो कृपाको मार्ग र पुरुषार्थको मार्ग।
यद्यपि यी दुवै मार्ग फरक देखिए पनि अन्ततः एउटै लक्ष्य भगवान प्राप्तिमा पुग्छन्।

 

कृपाको मार्गमा ईश्वरको अनुग्रहले नै बाटो देखाउँछ, त्रुटिहरूलाई माफ गर्छ र अन्ततः भगवत्साक्षात्कारसम्म लैजान्छ। यस मार्गमा आध्यात्मिक यात्रु ईश्वरको कृपामा पूर्णरूपमा समर्पित हुन्छ।
पुरुषार्थको मार्गचाहिँ स्वबल र परिश्रममा आधारित हुन्छ। यसमा अनुशासन, विवेक, निरन्तर प्रयास र पूर्ण जागरुकता आवश्यक पर्छ। तर यदि चुक भयो भने उठाउने कोही हुँदैन।

उहाँका अनुसार,पुरुषार्थ मार्ग स्वतन्त्रताको प्रतीक हो – जहाँ जिम्मेवारी आफ्नै काँधमा हुन्छ।कृपा मार्ग परतन्त्रताको  तर त्यही परतन्त्रतामा नै साँचो आनन्द, निश्चिन्तता र सुरक्षा लुकेको हुन्छ।

दुवै मार्गमा एउटै कुरा आवश्यक छ – जुन मार्ग रोजिएको छ, त्यसैमा अडिग भएर अघि बढ्नु।“मार्ग लामो छ, समय थोरै – त्यसैले ढिलो नगरी अघि बढ्न जरुरी छ।”

अन्त्यमा, बिमल सर्राफले भन्नुभयो:”सम्पूर्ण मानव जीवन एउटा प्रयोगशाला हो, जहाँ प्रत्येक दिन नयाँ कर्मको आविष्कार भइरहन्छ। सबैको कल्याण होस्, सबै निरोग रहून्, सबै प्राणीमा मानवता कायम रहोस् – यही हाम्रो कामना हो।”

 

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM