सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, सिकारीबासर, ठोरी-३ को प्राङ्गणमा वृक्षरोपण, ट्री गार्ड, बालबालिकाहरूका लागि स्टेसनरी र झोला वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रम दिउँसो १२:३० बजे सुरु भई १३:३० बजे सम्पन्न गरिएको हो। कार्यक्रममा रुङटा वेलफेयर सोसाइटी वीरगंज, ग्रीन सिटी सामुदायिक सेवा केन्द्र आदर्शनगर, र ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर-१०, वीरगंजको संयुक्त आयोजनामा सम्पन्न भएको थियोे।

२५ थान बिरुवा,१० थान ट्री गार्ड,७५ थान झोला र स्टेशनरी सामग्री विद्यालयका बालबालिकाहरूलाई वितरण गरिएको हो।कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी गणेश अर्याल रहनुभएको थियो भने कार्यक्रमको अध्यक्षता जय प्रकाश खेतान (ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष)ले गर्नुभयो।
अन्य विशिष्ट उपस्थितिहरु सहायक प्रमुख जिल्ला अधिकारी बाबुलाल रेग्मी,ठोरी गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठ,उपाध्यक्ष गोकुली कुमारी रेग्मी,सशस्त्र प्रहरी नायब उपरीक्षक आनन्द खनाल,रुङटा वेलफेयर सोसाइटी अध्यक्ष सुरेश कुमार रुङटा,ग्रीन सिटी उपाध्यक्ष संजय शर्मा

कार्यक्रममा सरकारी, गैरसरकारी निकाय, राजनीतिक दलका प्रतिनिधिहरू, सुरक्षा निकाय, सञ्चारकर्मी, र स्थानीय नागरिक समाजका प्रतिनिधि गरी २५० जना भन्दा बढीको सहभागिता रहेको थियो।
यस कार्यक्रमले बालबालिकाको शिक्षा र सुविधा सुधारसँगै वातावरण संरक्षणमा पनि योगदान पुर्याएको आयोजकहरूले बताएका छन्।









