२०८२ फाल्गुन २१ गते बिहीबार

श्री ताराचन्द किसनलाल विद्यालयमा विद्यार्थीहरूलाई ब्याग वितरण

वीरगंज महानगरपालिका वडा नं. २ अन्तर्गत रहेको श्री ताराचन्द किसनलाल विद्यालयमा गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको छ। विद्यालयमा आयोजित एक विशेष कार्यक्रमका बीच वडा नं. २ का वडाध्यक्ष मोहम्मद रेयाज मियाले विद्यार्थीहरूलाई विद्यालय झोला (ब्याग) वितरण गर्नुभएको हो।

वडाध्यक्ष मियाले विद्यालयमा अध्ययनरत विपन्न परिवारका मेधावी विद्यार्थीहरूलाई निरन्तर रुपमा सहयोग गर्दै आएको जानकारी गराउँदै आउँदा दिनहरूमा पनि शैक्षिक सामग्री र खेलकुद सामग्री वितरण जारि रहने प्रतिवद्धता व्यक्त गर्नुभयो। उहाँले भने, “म पनि यही विद्यालयको पूर्व विद्यार्थी हुँ, मेरो विशेष माया र लगाव यस विद्यालयसँग छ। मेरो पहुँचमा भएका सहयोगहरू गर्दै आएको छु र भविष्यमा पनि निरन्तर गर्दै जानेछु।”

कार्यक्रममा विद्यालयका प्रधानाध्यापकले वडाध्यक्ष मियालाई परम्परागत गम्छा ओढाएर स्वागत गरेका थिए। उक्त कार्यक्रममा वडा सदस्य बसिर मिया हजाम, अपिर मोहम्मद अन्सारी, विद्यालयका शिक्षक-शिक्षिका, अभिभावक, सामुदायिक प्रहरी तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

विद्यालयले विभिन्न स्रोत र सहयोगमार्फत विगतदेखि नै आवश्यक शैक्षिक सामग्री — ब्याग, कापी, कलम र खेलकुद सामग्री — वितरण गर्दै आएको छ, जसले विद्यार्थीहरूलाई पठनपाठनमा थप प्रेरणा मिलिरहेको प्रधानाध्यापकले बताए।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM