२०८२ चैत्र ११ गते बुधबार

“जल सत्याग्रह” वीरगंजमा सम्पन्न — तीनै तहका सरकारलाई पानी देउ या मारी देउ भन्ने चेतावनी

 

“पानी देउ या मारी देउ” भन्ने कडा नारासहित महिला जनमत संघ पर्साको आयोजनामा आज वीरगंजको घन्टाघरमा जल सत्याग्रह कार्यक्रम सम्पन्न गरिएको छ।

नगरमा लगातार चर्किंदो खानेपानी अभाव, नगरवासीको पीडा, र सरकारको बेवास्ताविरुद्ध आवाज उठाउँदै आयोजित उक्त कार्यक्रममा तीनै तहका सरकारलाई आँखा खोल्न चेतावनी दिइयो।

उक्त कार्यक्रममाजिल्ला अध्यक्ष ओमप्रकाश सरार्फ महिला नेतृ रम्भा मिश्रा, अनिता रौनियार, नजमा खातुन लगायत संघका धेरैजसो कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्ने वक्ताहरूले वीरगंजवासीलाई दैनिक खान, नुहाउन र जीवनयापन गर्न गाह्रो परेको उल्लेख गर्दै, सरकारलाई खानेपानी समस्या तत्काल समाधान गर्न स्पष्ट माग राखेका थिए।

महिला जनमत संघ पर्साले चेतावनी दिँदै भन्यो
“यदि पानीको समस्या तत्काल समाधान भएन भने आन्दोलन थप चर्काइनेछ।”

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM