वीरगंजको आदर्शनगरस्थित एक स्वीमिङ पुलमा डुबेर एक ९ वर्षीय बालकको मृत्यु भएको छ। मृतक बालक वीरगंज महानगरपालिका–११ का प्रमोद रौनियारका छोरा बजरंगी रौनियार रहेका छन्।
प्रहरी नायव उपरीक्षक (डीएसपी) किशोर लम्सालका अनुसार, बालक डुबेर अचेत अवस्थामा फेला परेपछि तत्काल उपचारका लागि अस्पताल लगिएको थियो। तर चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
घटना शंकास्पद देखिएको हुँदा पर्सा प्रहरीले सूक्ष्म अनुसन्धान थालेको जानकारी दिएको छ। बालकको शव हाल नारायणी अस्पतालमा पोस्टमार्टमको लागि राखिएको छ।
स्वीमिङ पुलको सुरक्षा व्यवस्था, बालक त्यहाँ कसरी पुगे भन्ने लगायतका पक्षमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
Post Views: 317









