बिरगंज महानगरपालिका–भगवती टोलमा अवस्थित बिकन माध्यमिक विद्यालय मा आज गुरु पूर्णिमा तथा शिक्षक दिवस विशेष रूपमा मनाइएको छ। कक्षा ८, ९ र १० का बिद्यार्थीहरूले आफ्ना शिक्षकमाथि श्रद्धा, आदर र कृतज्ञता प्रकट गर्दै, टिका–खादा लगाएर सम्मान गरेका छन्।

कार्यक्रमको प्रारम्भ बिद्यार्थीहरूको स्वागत मन्तव्यबाट सुरु गरिएको थियो। उक्त कार्यक्रममा स्कुलका प्रीन्सिपल जय द्नुवार,कोडिनेटर मंगल भट्टराई,स्कुलका संचालिका मुना खनाल एवं सन्चालक प्रकाश उपाध्यायको विशेष उपस्थित रहेको थियोे।

त्यसपछि स्कुलका शिक्षकहरूप्रति धन्यवाद ज्ञापन गर्दै छात्र–छात्राहरूले आफैँले तयार पारेका कविता, भाषण, तथा गीत–संगीत प्रस्तुत गरे। विद्यार्थीहरूले शिक्षकमाथि बनाईएका पोस्टर तथा शुभकामना सन्देशहरू प्रदर्शन गर्दै ‘शिक्षक हाम्रो प्रेरणाका श्रोत हुन्’ भन्ने भावनालाई उजागर गरे।

कार्यक्रमका क्रममा बिद्यार्थीहरूले भने “हामीलाई ज्ञान मात्र होइन, जीवनको बाटो देखाउनु हुने हाम्रो शिक्षकप्रति आज हामी आभार प्रकट गर्न चाहन्छौं। तपाईंहरूको माया, अनुशासन र सदैव साथका लागि धन्यवाद।”

विद्यालय प्रशासनको तर्फबाट पनि शिक्षकहरूको योगदानको प्रशंसा गर्दै शिक्षकहरूले जसरी निःस्वार्थ भावनाका साथ शिक्षा दिनु भएको छ, त्यसका लागि हार्दिक धन्यवाद दिइयो।
कार्यक्रमको अन्त्यमा शिक्षकहरूले बिद्यार्थीहरूको प्रेम र सम्मानप्रति आभार व्यक्त गर्दै आफूहरू सधैं बिद्यार्थीको उज्ज्वल भविष्यका लागि समर्पित रहने प्रतिबद्धता जनाए।
“पुस्तक मात्र होइन, हृदयबाट पढाउने शिक्षकहरूलाई हाम्रो शत–शत नमन !”शिक्षक दिवसको यस पावन अवसरमा बिकन परिवारको तर्फबाट स्कुलका संचालक प्रकाश उपाध्याय द्वारा सम्पूर्ण शिक्षकमण्डललाई हार्दिक शुभकामना ब्यक्त गरेका थिए।









