वीरगञ्ज महानगरपालिका वडा नं. ५ स्थित मास्कट एकेडेमी, कुम्हालटोल द्वारा गुरुपूर्णिमाको पावन अवसरमा एक भव्य तथा सभ्य कार्यक्रमको आयोजना गरियो।
विद्यालय परिसरमा आयोजित उक्त कार्यक्रममा विद्यार्थीहरू र शिक्षकहरूबीच आपसी सम्मान, श्रद्धा र संस्कारको भावना झल्किने विविध प्रस्तुति देखाइएको थियो।

कार्यक्रममा विद्यालयका संचालक विजय साहको विशेष उपस्थिति रहेको थियो। उनले गुरुपूर्णिमाको महत्वमाथि प्रकाश पार्दै शिक्षकको भूमिकालाई समाज र राष्ट्र निर्माणमा अभिन्न अंगको रूपमा व्याख्या गरे।
कार्यक्रमको मुख्य आकर्षण भनेको केक काटेर गुरुपूर्णिमा मनाउनु रहेको थियो। विद्यार्थीहरूले शिक्षकप्रति कृतज्ञता प्रकट गर्दै सांस्कृतिक कार्यक्रम, नृत्य, तथा भावनात्मक मन्तव्य प्रस्तुत गरेका थिए।
विद्यालयका प्रमुख शिक्षिकाद्वारा स्वागत मन्तव्य दिइएको थियो भने कार्यक्रमको समापनमा शिक्षकहरूले विद्यार्थीहरूको प्रयासको सराहना गर्दै आगामी दिनहरूमा अझ उच्च मूल्य र आदर्शको साथ अघि बढ्न प्रेरणा दिएका थिए।

समारोहले शिक्षण पेसामा समर्पित गुरूजनहरूको योगदानलाई सम्मान गर्दै विद्यार्थीहरूमा नैतिकता, श्रद्धा र संस्कारको विकास गर्न महत्वपूर्ण भूमिका खेलेको छ।









