विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल,नेपाल प्र.सी.सु.गुल्म बीरगंज र बीरगंज भन्सार कार्यालयबाट खटिएको सयुक्त टोलिले बीरगंज म.न.पा.१० आदर्शनगर स्थित टाउनहल रोडमा रहेको BKC ईम्पेक्समा भारतबाट अवैध रुपमा भन्सार छली ल्याई भण्डारण गरी राखेको रु. ६,५९,७००।- बराबरको तयारी कपडा बरामद गरी आवश्यक कारवाहीको लागि बीरगंज भन्सार कार्यालयमा बुझाएको छ।

साथै आजकै मितिमा सशस्त्र प्रहरी बल, नेपाल बि.ओ.पि. सिर्सियाबाट खटिएको टोलिले बीरगंज म.न.पा. १० आर्दशनगर र छपकैयाबाट भारतबाट अवैध रुपमा भन्सार छली नेपाल तर्फ ल्याउँदै गरेको रु. २,७९,१०५।- बराबरको कपडा र किराना सामानहरु बरामद गरी आवश्यक कारवाहीको लागि बीरगंज भन्सार कार्यालमा बुझाएको
शसस्त्र प्रहरी बल पर्सा का सुचना अधिकारी तथा शसस्त्र प्रहरी नायब उपरीक्षक देबेन्द्र बहादुर सिंहले बताए।
Post Views: 354









