२०८२ चैत्र ११ गते बुधबार

वीरगञ्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

 

नेपालमा लेडिज सर्कलको स्थापना दिवसको अवसरमा वीरगञ्ज लेडिज सर्कल ३ ले नारायणी अस्पतालमा फलफुल वितरण गर्दै सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गरेको छ।

कार्यक्रमअन्तर्गत ५५ किलो आँप र ३०० थान केरा नारायणी अस्पतालमा रहेका बिरामी र उनीहरूका कुरुवाहरूलाई वितरण गरिएको हो।

कार्यक्रमको अध्यक्षता लेडिज सर्कल ३ वीरगञ्जकी अध्यक्ष नन्दनी अग्रवालले गरिन्। कार्यक्रममा उपाध्यक्ष निधि जाटिया, सचिव श्रेया रुङटा, कोषाध्यक्ष नेहा अग्रवाल, पूर्वअध्यक्ष खुशबु सिंघानियालगायत अन्य सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

अध्यक्ष नन्दनी अग्रवालले जानकारी दिँदै भनिन्, नेपालमा लेडिज सर्कलको स्थापना दिवसको अवसरमा देशभर विविध कार्यक्रम गरेर यो दिनलाई भव्यताका साथ मनाउने गरिन्छ। आज हामीले पनि सानो प्रयासस्वरूप नारायणी अस्पतालका बिरामी कुरुवालाई फलफुल वितरण गरेर सामाजिक उत्तरदायित्व पुरा गर्न खोजेका हौं।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM